Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

‘हनी ट्र्याप’ मा पारेर ठगी गर्ने अस्मिता पक्राउ

‘हनी ट्र्याप’ मा पारेर ठगी गर्ने अस्मिता पक्राउ

बिहिवार , माघ २४, २०८१

काठमाडौं । प्रहरीले ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।

उनले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रोनिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई हनी ट्र्यापमा पारेको प्रहरीले जनाएको छ।

आचार्यले ती व्यक्तिलाई राइस कुकर बनाउने बहाना बनाएर पटक-पटक सम्पर्क गरेकी थिइन्।

त्यसरी रकम माग गरेको र रकम भनेअनुसार नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने, प्रहरी तथा परिवारमा समेत भनिदिने धाकधम्की, डर त्रास देखाएको आरोप छ।

यसरी उनले १० लाख माग गरेको, तीन लाख चेकमार्फत् दिने र बाँकी सात लाख रकम एक हप्तामा दिने भनेर मोलमोलाई समेत भएको थियो। पछि उक्त रकम असुल भएपछि कार्यालयको टोलीले आचार्यलाई पक्राउ गरेको थियो।

आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ। पक्राउ परेकी आचार्य विवाहित हुन् । उनका पति अष्ट्रेलियामा भएको प्रहरीलाई बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077