Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुनिल पौडेलविरुद्ध तीन करोड घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

सुनिल पौडेलविरुद्ध तीन करोड घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

बिहिवार , माघ २४, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

ठेकदार कम्पनीसँग मिलेमतोमा सामान आपुर्ती गरी घुस लिएको अभियोगमा अख्तियारले आज बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोप छ । अख्तियारले पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको छ ।

१२ करोड ४२ लाख ८० हजार रुपैयाँको सामान खरिद गर्दा उनले तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

घुस दिने आपुर्तीकर्ता कम्पनी एक्टर्स कम्प्युटर्स नेपाल प्रालिका सञ्चालक दिपक आनन्दलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशन रहँदा सो कम्पनीसँग सेक्युरिटी अप्लायन्सेस तथा नेटवर्क इक्विपमेन्टसम्बन्धि सामान खरिद गरेका थिए ।

एफ–५ कम्पनीका प्रतिनिधि दिपक आनन्दसँगको मिलेमतोमा ठेक्कापट्टा गरेको र त्यसबापत घुस लिएको आरोप उनीमाथि छ ।

यसअघि अख्तियारले पौडेलमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077