Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

५४ लाख बैंक ग्यारेन्टी बुझाएर रवि लामिछाने रिहा

५४ लाख बैंक ग्यारेन्टी बुझाएर रवि लामिछाने रिहा

बिहिवार , माघ २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् ।

जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

बिहीबार सकिएको थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो ।

अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै रविका लागि प्रभु बैंक ग्यारेन्टी बसेको हो । सहारा चितवन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ जना पुगेको छ । रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताए ।

रवि लामिछाने यसअघि कास्कीबाट ६५ लाख, काठमाण्डौबाट ६० लाख र सुप्रिम सहकारी ठगीमा रुपन्देही अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077