Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ओली, देउवा र प्रचण्ड लक्षित बाबुरामको टिप्पणी – तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन्

ओली, देउवा र प्रचण्ड लक्षित बाबुरामको टिप्पणी – तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन्

आइतवार , माघ २७, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।

आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने–हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन् ।’

सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।

भराईले थप भने–‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077