Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रास्वापा सांसद झाको प्रश्न - जेल बसेर बाहिर आएपछि एकै पटक दरबार कसरी बन्यो ?

रास्वापा सांसद झाको प्रश्न - जेल बसेर बाहिर आएपछि एकै पटक दरबार कसरी बन्यो ?

मंगलवार , माघ २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जेल बसेर बाहिर आएपछि एकै पटक दरबारचाहिँ कसरी बन्यो भन्दै प्रश्न गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले उक्त प्रश्न उठाएका हुन्। उनले सम्पत्ती शुद्धीकरणको विषयमा क-कसको छानबिन गर्न टुंग्याउन व्यंग्य गर्दै आग्रह गरे।

सांसद झाले भने,'वर्षौँदेखि जेल बसेर आउँदा दरबार बनेको छ। कसरी के व्यापार थियो। जेल बसेर बाहिर आउँदा सबै नेताको दरबार बन्न थाल्यो त्यो छानबिन गरौँ । हाम्रो नगरौँ भनेकै होइन। हाम्रो पनि गरौँ। नगर्ने भए संसद् बन्द गरेर अध्यादेश ल्याउँ। अध्यादेशमा अमुक अमुक पार्टीको तत्‌तत् नेताको सम्पत्ती शुद्धीकरण छानबिन कहिल्यै पनि हुँदैन। किन कि उहाँहरू जेल बस्नु भएको छ। उहाँहरूले जेल बसेबापत यति यति अर्ब भ्रष्टाचार गर्न पाउनुहुनेछ भनौँ।'

उनले पुराना पार्टीका नेताहरूको नेपाली राजनीतिमा योगदानप्रति सम्मान प्रकट गर्दै सम्पत्तिबारे प्रश्न गरे ।

त्यस्तै ,उनले अहिलेका गृहमन्त्रीले गरेको ज्याजतिको प्रमाण आफूसँग भएको भन्दै उनले सभामुखलाई कहाँ बुझाउँ भन्दै प्रश्न गरे।

झाले कांग्रेस सांसद गगन थापाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रमाण रहेको बताएकोमा व्यंग्य गर्दै आफू भने चटक नभई प्रमाणको ठेली बोकेर आएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077