Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चाँगुनारायणमा युवकको शव फेला

चाँगुनारायणमा युवकको शव फेला

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-४ खोरियामा युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार १९ वर्षीय निरोज लामाको शव फेला परेको हो ।

चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निरोज गएराति बादलको घरमा गएको र उनीहरू छुट्टाछुट्टै कोठामा सुतेका थिए ।

मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077