तनहुँ । वडासचिवलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई १० दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।
वडासचिव नवीन भुसालमाथि उनले सोमबार कुटपिट गरेका थिए । गुरुङलाई सोमबार नै प्रहरीले पक्राउ गरेको थियो ।
वडाध्यक्ष गुरुङलाई १० दिन थुनामा राख्ने म्याद लिइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
वडाध्यक्ष कप भलिबल प्रतियोगिताको भुक्तानीको विषयलाई लिएर वडाध्यक्षले घाँटी न्याकेर उनलाई कुटपिट गरेको आरोप छ ।