Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लागूऔषध नियन्त्रण र उद्धारमा सक्रिय इन्स्पेक्टर महतो सम्मानित

लागूऔषध नियन्त्रण र उद्धारमा सक्रिय इन्स्पेक्टर महतो सम्मानित

मंगलवार , फाल्गुण ६, २०८१

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सत्रुधन महतो सम्मानित भएका छन् ।

मंगलबार दोलखा महोत्सवको उद्घाटन समारोहमा उनलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सम्मानपत्र प्रदान गरेका हुन् ।

दोलखामा लागूऔषध नियन्त्रण, विपतमा उद्धार र गुण्डागर्दी रोकथाममा महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्स्पेक्टर महतोलाई सम्मान गरिएको हो । महतोले ६९औँ प्रहरी दिवसमा ‘उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन’ पुरस्कार समेत प्राप्त गरेका थिए ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाले दोलखामा ल्याएको बाढी र पहिरोमा उद्धार कार्यमा अहोरात्र खटिएका महतो प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मानित भएका थिए ।

आमाको पहिरोमा थिचिएर घटनास्थलमै मृत्यु भएपनि बालक भने आमाको हातमा च्यापिएर रोइरहेको अवस्था थियो ।

तर सामान्य त्रुटी भएमा बालकको पनि ज्यान जाने अवस्थाबाट एक हातले बालकलाई निकालेर उनले सकुशल उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077