Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

त्रिपुरेश्वरमा भेटिएको शंकास्पद वस्तु भित्र सिरानी !

त्रिपुरेश्वरमा भेटिएको शंकास्पद वस्तु भित्र सिरानी !

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस बिसौनी नजिक भेटिएको शंकास्पद वस्तुमा सिरानी र कपडा मात्रै भेटिएका छन् ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा डिस्पोज गरेपछि झोलाभित्र सिरानी र कपडा मात्रै भेटिएको हो ।

स्थानीयले कम्बलले बेरिएको रहस्यमय झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानमा झोलाभित्र सिरानी, कपडा तथा अन्य सामान्य सामग्री मात्र रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077