Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

३२ ग्राम खैरो हेरोईन र दुई किलो चरेससहित तीनजना पक्राउ

३२ ग्राम खैरो हेरोईन र दुई किलो चरेससहित तीनजना पक्राउ

बुधवार , फाल्गुण ७, २०८१

धनगढी । कैलालीमा ३२ ग्राम खैरो हेरोईन र दुई किलो बढि चरेससहित तीनजना पक्राउ परेका छन् ।

कैलाली प्रहरीका अनुसार धनगढी महानगरपालिका-५ को यातायात कार्यालय पछाडि सडक छेउमा मंगलबार साँझ ३१ दशमलव ७३० मिलिग्राम खैरो हेरोईन र दुई किलो १७५ किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका-६ बस्ने २६ वर्षीय गोबिन्दबहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्द नेतृत्वको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषधसहित समातेको हो ।

यस्तै, लम्कीचुहा नगरपालिका-२ बगनिया बस्ने दिप्सन भन्ने दिपेश तिरुवालाई ५१० मिलिग्राम लागु औषध खेरो हेरोइनसहित पक्राउ गरिएको छ ।

दुवै ठाउँबाट बरामद गरेको लागुऔषधको तौल ३२ ग्राम २४० मिलिग्राम रहको छ । उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077