सुनसरी । धरानमा शान्ति सद्भाव भड्काएको आरोपमा सिर्जना बेघा पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय धरानको टोलीले सिर्जनालाई बुधबार बिहान अमरहाटबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा अफवाह फैलाएर साम्प्रदायिक बनि धरान उपमहानगरपालिकाको शान्ति सद्भाव भडकाएको, अवैध चन्दा असुली कार्यमा संलग्न रहेको अभियोगमा सिर्जना बेघालाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनलाई बुधबार जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लग्ने तयारी छ।
यस अगाडि सार्वजनिक स्थलमा गोरु काटेर भोज खाएको भिडियो सामाजिक सञ्जालमा हालेको र इलाका प्रहरी कार्यालयको गेटमा तोडफोड गरेको अभियोगमा पनि सिर्जना पक्राउ परेकी थिइन् ।