Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विदेशी मुद्रासहित गौतमबुद्ध विमानस्थलबाट एक भारतीय पक्राउ

विदेशी मुद्रासहित गौतमबुद्ध विमानस्थलबाट एक भारतीय पक्राउ

बुधवार , फाल्गुण ७, २०८१

भैरहवा । प्रहरीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई विदेशी मुद्रासहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको मुम्बई, मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदी छन्।

श्री एयरलाइन्सको विमानमार्फत् भैरहवाबाट काठमाडौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार सात ७ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट एक हजार अमेरिकी डलर र ९ सय ६० रुपैयाँ युएईको दिराम बरामद गरेको छ।

बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटै एक सय २५ ग्राम सुन बरामद भएको छ।

विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयबाट बेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ।

गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक सय ग्रामको बिलसहित सुन जस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद सिक्री आवश्यक कारबाहीको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077