Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बिहिवार , फाल्गुण ८, २०८१

बैतडी । बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

उनी आफ्नो घर दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्‍याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077