Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पर्साबाट चरेससहित एक महिला पक्राउ

पर्साबाट चरेससहित एक महिला पक्राउ

बिहिवार , फाल्गुण ८, २०८१

पर्सा । पर्सा प्रहरीले वीरगन्जबाट चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–२ बुनियाद घर भई हाल वीरगन्ज महानगरपालिका–१६ बसपार्कमा डेरा गरी बस्ने ३० वर्षीया आरती देवी छन्।

प्रहरीले उनलाई बुधबार राति ८ बजे वीरगन्ज– १६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो

। इनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियमित जाँचको क्रममा नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई जाँच गर्दा यादवको साथबाट उक्त लागूऔषध बरामद भएको थियो।

उनले बोकेको झोलामा रातो रङको ग्यालेनभित्र प्लास्टिकमा स-साना पोकामा लुकाइछिपाई राखिएको ११ किलो ४ सय ग्राम चरेस फेला परेको थियो ।

उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077