काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक युवक मृत भेटिएको प्रकरणमा दुईजना पक्राउ परेका छन् ।
हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत अवस्थामा भेटिएका थिए ।
यही घटनामा संलग्नता देखिएपछि दुई जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।