Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बल्खुको फलफुल बजारमा मृत भेटिएका व्यक्तिको हत्याको आशंका

बल्खुको फलफुल बजारमा मृत भेटिएका व्यक्तिको हत्याको आशंका

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । काठमाडौंको बल्खुस्थित फलफुल तथा तरकारी बजारमा मृत भेटिएका व्यक्तिको हत्यामा संलग्न भएको आशंकामा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–१४ का नारायण प्रसाद ढकाल, समिर घलान, बिमल रुम्बा र भिमफेदी–७ का अर्जुन स्याङतान छन् ।

मकवानपुरको मकवानपुरगढी–४ स्थायी घर भई फलफुल बजारमा मजदुरी गर्ने ४१ वर्षिय रामकृष्ण दाहालको रहस्यमय मृत्यु भएको थियो ।

निधारमा चोट रहेको अवस्थामा बिहीबार बिहान साढे १० बजे उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु पनि सोही तरकारी बजारमा मजदुरी गर्ने व्यक्तिहरु हुन् । तर मृत्युको कारणबारे अझै खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077