काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त रहेका डीआईजी पदमा बढुवा सिफारिस भएको छ । सिनियर दुई जनालाई छुटाएर जुनियरलाई बढुवा गरिएको छ ।
बढुवा समितिको बिहीबारको बैठकले कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णु भट्टलाई बढुवा गरेको हो ।
कुँवर र भट्ट सशस्त्र प्रहरीको सिंस २ का अधिकृत हुन्। कुँवरलाई बढुवा गर्नकै लागि ६ महिनादेखि बढुवा रोकिएको थियो।
सबैभन्दा सिनियर कृष्णराज पाठक तथा सिंस १ का मनिष थापा बढुवामा छुटेका छन् ।