Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

इन्स्पेक्टर र असईको माग संख्या थप [सूचनासहित]

इन्स्पेक्टर र असईको माग संख्या थप [सूचनासहित]

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि जारी गरेको आवेदन संख्या थप गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गत भदौ २८ गते विज्ञापन प्रकाशित गरेको सूचनामा प्रहरी निरीक्षक ६४ जना र सहायक निरीक्षक २५६ जनाको लागि दरखास्त खुलाएको थियो ।

विज्ञापनमा माग गरिएको संख्या रिक्त हुन आएकोले अहिले संख्या फेरि थप गरिएको हो । अब प्रहरी निरीक्षकमा थप गरिएको संख्या १३ सहित कूल संख्या ७७ पुगेको छ ।

यस्तै, सहायक निरीक्षकको संख्या ६० थपिँदा कूल संख्या ३१६ पुगेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077