Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सवारी ज्यान मुद्दामा रोलर चालक पक्राउ

सवारी ज्यान मुद्दामा रोलर चालक पक्राउ

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । सवारी ज्यान मुद्दामा फरार रहेका रोलर चालक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१३, पुरानो कालिमाटीस्थित निर्माणाधीन सडकमा भएको दुर्घटनामा संलग्न रोलर चालकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-१०, स्युचाटारमा बस्दै आएका १८ वर्षीय रोलर चालक उमेश स्याङतान रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

निर्माणाधीन पिच सडकमा प्रयोग गरिएको रोलरले ठक्कर दिँदा धादिङको गंगाजमुना गाउँपालिका ५ निवासी ५५ वर्षीय साने गुरुङको मृत्यु भएको थियो।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077