पर्सा । सशस्त्र प्रहरीले एयर गन र ८२ राउन्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका–१६, भन्सार मेनगेटबाट सशस्त्र प्रहरीले एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेका भारतीय नागरिक मिम्मर हुसेन रहेका छन्।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त एयर गन र गोलीसहित हुसेन पक्राउ परेका थिए।
पक्राउ परेका हुसेनलाई हतियारसहित आवश्यक कानुनी कारबाहीका लागि स्थानीय प्रहरी चौकीमा बुझाइएको छ ।