Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पाथीभरा केबलकार विवाद : एसएसपी नेतृत्वमा प्रहरी परिचालित

पाथीभरा केबलकार विवाद : एसएसपी नेतृत्वमा प्रहरी परिचालित

शुक्रवार , फाल्गुण ९, २०८१

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोध र पक्षमा प्रदर्शन चर्किएपछि एसएसपीको नेतृत्वमा टोली खटिएको छ ।

अवस्था जटिल बन्ने देखिएपछि प्रदेश प्रहरी कार्यालयबाट समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा टोली खटिएको हो ।

पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकारको विरोधमा रहेको पक्षले बिहीबार प्रदर्शन गर्दै निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

झडपमा १२ प्रहरीसहित १३ जना घाइते भएका थिए । टोलीले पाथीभरा क्षेत्रको बस्तुस्थीति पनि अध्ययन गर्नेछ । पक्ष र विपक्षको समूह भेला भएपछि प्रहरीले पाथीभरा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077