Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आईजीपीलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह लगाउन प्रस्ताव

आईजीपीलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह लगाउन प्रस्ताव

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । सांसद डा. चन्दा कार्कीले नेपाल प्रहरी बिधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।

उनले गर्दा गरेको संशोधन प्रस्तावमा प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीले वा उनको अनुपस्थितमा गृहमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था गर्न भनिएको छ । हाल गृहसचिवले चिन्ह लगाउने प्रचलन छ ।

नेपाल प्रहरीसम्बन्धी विधेयकमा उनले पेस गरेको संशोधन अनुसार प्रहरी जवानको न्यूनतम योग्यता एसईई हुनुपर्ने र प्रहरी निरीक्षकको भर्ना लोक सेवा आयोगमार्फत हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै, एसएसपीदेखि एआइजीसम्मको बढुवामा लोक सेवा आयोगको प्रतिनिधि सहित समिति गठन गर्ने र अन्य पदहरूको बढुवामा गृह मन्त्रालय र प्रहरीका उच्च अधिकारीहरू समावेश गर्ने प्रावधान राखिएको छ। विधेयकमा ५१ संशोधन दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077