Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बिहेमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु

बिहेमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु

शुक्रवार , फाल्गुण ९, २०८१

बाजुरा । बाजुरामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका– ८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबिचको झडपमा घाइते भएका डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति बिहेको निम्तो खान गएका दुई समूहबिच दोहोरो झडप भएको थियो । झडपमा परी थापा घाइते भएका थिए।

अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077