Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आन्दोलन चर्किएपछि फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

आन्दोलन चर्किएपछि फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।

हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् ।

आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।

आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानूनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । निषेधाज्ञा लागू गर्न चार किल्ला पनि तोकिएको छ ।

फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र पर्ने पूर्व– फुङलिङ नगरपालिका वार्ड नं. ७ सल्लेरी, पश्चिम– फुङलिङ नगरपालिका वार्ड नं. ७ घोडेचौर (थलाङ धारा क्षेत्र सम्म), उत्तर– फुङलिङ नगरपालिका वार्ड नं. ४ उकालीपानी, दक्षिण– फुङलिङ नगरपालिका वार्ड नं. ६ शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) मा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै काफ्लेपाटी बल्लुडाँडा क्षेत्रमा पूर्व– पर्यटक प्रहरीको भवनको सय मिटर इलाका, पश्चिम– बल्लुडाँडा–डडेले इलाका, उत्तर– केबलकार बेस स्टेसन–पानीको मुहान इलाकाको सय मिटर पर र दक्षीण – नयाँ बसपार्क इलाकाको सय मिटर (जंगल इलाका समेत) मा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077