कपिलवस्तु । कपिलवस्तु प्रहरीले १४ केजी ७७४ ग्राम चरेससहित ३ जनालाई पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका–२ बाट प्रहरीले उक्त चरेससहित ३ जनालाई पक्राउ गरेको हो।
नेपालाबाट भारत लैजान लागेको अवस्थामा लागुऔषध चरेस बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ६६ वर्षीय शुकलाल घर्ती, रोल्पाको थवाङ गाउँपालिका घर भएका ४९ वर्षीया प्रेमसरी रोका, रुकुमपूर्व भूमे गाउँपालिका घर भएकी २६ वर्षीया सरिता पुन छिन् ।
आरोपीहरूबारे इलाका प्रहरी कार्यालय कृष्णनगरले अनुसन्धान गरिरहेको छ ।