कास्की । सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) मृत फेला परेकी छन् ।
कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी इन्स्पेक्टर सन्तोषी महत झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी ब्यारेकको महिला शौचालयनजिकै झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन् ।
सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत रहेको बताइएको छ । यस घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।