Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सशस्त्रकी इन्स्पेक्टर महतको मृत्युबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

सशस्त्रकी इन्स्पेक्टर महतको मृत्युबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं। सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर मृत भेटिएको घटना छानबिन गर्न समिति गठन भएको छ।

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी इन्सपेक्टर सन्तोषी महतको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको हो।

राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।

सिन्धुपाल्चोक घर भई कास्कीको पोखरा तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी थिइन्।

शनिबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

पाँच सदस्य समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ। सन्तोषीले २०७२ सालमा सिपाहीबाट सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077