Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सामान्य अंकले बढ्यो नेप्से, ९ अर्ब ९० करोडको कारोबार

सामान्य अंकले बढ्यो नेप्से, ९ अर्ब ९० करोडको कारोबार

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज सामान्य अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा अडिएको हो । यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात सोमबार ११ अर्ब आठ करोडको कारोबार भएकोमा मंगलबार नौ अर्ब ९० करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १८ करोड रूपैयाँ कमी आएको हो।

आज ३१२ वटा धितोपत्रको एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077