Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भद्रपुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

भद्रपुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

शनिवार , फाल्गुण १७, २०८१

झापा । झापाको भद्रपुरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-१२ कवाजित निवासी २४ वर्षीय सुदिप बिक र सुनसरी जिल्ला रामधुनी नगरपालिका-३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् ।

सशस्त्रले उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले शुक्रबार साँझ ६ बजेको समयमा भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर ३ मेचिपारिस्थित झोलुङ्गे पुलमा शंका लागेर चेकजाँच गरेका थिए।

सशस्त्रले उनीहरूको शरीर खानतलासीसँगै स्कुटर पनि चेकजाँच गरेका थिए। स्कुटरको ब्याट्री रहने बक्सभित्र लुकाइछपाई राखिएको तीन वटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउन सुगर फेला परेको हो।

उनीहरूले ब्राउन सुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौं पठाउन खोजेका थिए। सशस्त्रले बरामद गरेको ब्राउन सुगरको नेपाली बजार मूल्य ३५ देखि ४० लाख हुने अनुमान गरिएको छ।

सशस्त्रले दुवै जनालाई ब्राउन सुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077