Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्न एसएसपी अधिकारीको निर्देशन

व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्न एसएसपी अधिकारीको निर्देशन

शनिवार , फाल्गुण १७, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

बिहीबार परिसरको सभाहलमा ‘Operation 9 And Workstreams’ विषयक एक दिने कार्यशाला गोष्ठीमा एसएसपी अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

उनले ‘One Team - One Theme’ को अवधारणालाई आत्मसात् गर्दै व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए ।

उनले प्रहरी सेवाले व्यावसायिक निष्ठालाई अनुसरण गर्दै सरोकारवाला निकायहरूसँगको सहकार्यमा समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम राख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा एसएसपी अधिकारीले 'Operation 9' को आधारभूत अवधारणा ‘NINE: Nurturing Integrity - Networked Enforcement’ रहेको बताउँदै कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन यसलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

सुरक्षित उपत्यका निर्माणका लागि ल्याइएको यस अवधारणाले नेपाल प्रहरी संगठनको ‘सत्य, सेवा, सुरक्षणम्’ को लक्ष्यलाई मूर्तरूप दिन मद्दत गर्ने उनको भनाइ थियो ।

उक्त गोष्ठीमा परिसर मातहतका प्रहरी कार्यालयका प्रमुखहरुले आफ्नो क्षेत्रभित्रको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077