काठमाडौं । काठमाडौंमा गोली चलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखाबाट झोर जाने बाटोमा गोली चलाएको हो ।
प्रहरीका अनुसार गोली चलाएर गुड्डु पटेललाई नियन्त्रणमा लिइएको छ । प्रहरीले तीन राउन्ड गोली चलाएको स्रोत बताउँछ ।
पटेललाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो ।
सोही घटनामा पटेल मुख्य व्यक्ति रहेको खुलेको थियो । उनै पटेललाई आइतबार गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।