काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ परेका छन् ।
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गर्ने मोरङ उर्लाबारी-५ की भूमिका देवान र बाँके डुडुवा-५ कमदीका पशुपती खत्री पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पोल्याण्ड पठाइदिन्छु भन्दै देवानले ३ जनाको ११ लाख र खत्रीले १ जनाको २ लाख २३ हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरूले विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरीमाथि अनुसन्धान गरेर पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको बताइएको छ ।
देवानलाई ललितपुर र खत्रीलाई संतुगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।