Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रहरीका पाँच डीएसपीको काज सरुवा

नेपाल प्रहरीका पाँच डीएसपीको काज सरुवा

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । नेपाल प्रहरीका पाँचजना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ । आइतबार उनीहरुको प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय लमजुङमा डीएसपी रेशम बोहरालाई पठाइएको छ ।

त्यसैगरी लमजुङमा कार्यरत निशान्त श्रीवास्तवको नेपाल प्रहरी प्रधान कार्यलय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा भएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा माधव प्रसाद काफ्लेको काज सरुवा भएको छ भने त्यहाँ कार्यरत महेन्द्र नेपालको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

यसैगरी वीर दत्त पन्तको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077