काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आज बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यलयमा आइपिओ बाँडफाँट भएको हो । गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।
ती आवेदनमध्ये १० हजार ३८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।