Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दोहोरो अंकले नेप्से घट्दा १० अर्ब ९ करोडको सेयर कारोबार

दोहोरो अंकले नेप्से घट्दा १० अर्ब ९ करोडको सेयर कारोबार

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ ।

नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० अंकमा अडिएको हो । यो सहित लगातार पाँचौं दिन बजार घटेको छ ।

यसदिन ३१५ स्क्रिप्सको २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँमा खरिदबिक्री भयो।

नेप्से परिसूचक घटे तापनि गार्डियन, आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर, भुगोल इनर्जीको सेयर सेयर सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। आज सबै समूहका सूचक घटेको छ। गत हप्ता आइतबार नेप्से परिसूचक बढेको भए तापनि त्यसपछि लगातार घटिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077