Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निक्कीले यसरी सम्झियो संस्थापक अध्यक्ष प्रभाकर राणालाई

निक्कीले यसरी सम्झियो संस्थापक अध्यक्ष प्रभाकर राणालाई

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) ले स्थापनाको ३०औँ वर्षको अवसर पारेर आइतबार संस्थापक अध्यक्ष प्रभाकर शमशेर जबराको स्मृतिमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा संस्थापक अध्यक्ष स्व. राणाको योगदान र व्यक्तित्व स्मरण गरिएको थियो ।

काठमाडौंको याक एण्ड यती होटलमा आयोजित ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर : लिडरसिप, भिजन एन्ड लेगेसी’ नामक कार्यक्रममा बोल्ने वक्ताहरूले उनी देशकै अग्रणी र दूरदर्शी व्यवसायी मात्र नभई स्वस्थ रूपमा पनि उद्यम गर्न सम्भव रहेको मान्यता स्थापित गर्ने व्यक्तित्व रहेको बताए । निक्कीले अब हरेक दुई वर्षमा यो कार्यक्रम गर्ने पनि जनाएको छ ।

अर्थतन्त्र र राष्ट्रका लागि स्वर्गीय राणाको विरासत र योगदानको सम्मानस्वरुप निक्कीले नेतृत्व, दृष्टिकोण र विरासतबारे अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा निक्कीका अध्यक्ष सुनिल केसीले स्वर्गीय राणाले राष्ट्र र अर्थतन्त्रका लागि गरेको योगदानको कदरस्वरुप कार्यक्रम गरेको जानकारी दिए। उनले भने–‘निक्की राणालाई एक भिजन भएका नेता, उद्यमीको रुपमा सम्झिन पाउँदा गौरवान्वित छ । नेपालको सबैखाले व्यवसाय, आतिथ्य क्षेत्र, उद्योगहरु र जलविद्युतका क्षेत्रमा उहाँको योगदान छ।’

स्वर्गीय प्रभाकर राणाले नेपालको नीजी क्षेत्रबाट एक प्रकारले ईमान्दारितापूर्वक आफ्नो कर्तब्य पूरा गरेर स्वच्छ र स्वस्थ रुपमा पनि उद्यम गर्न सम्भब रहेको मान्यता स्थापित गरेर देखाएको बताउँदै अध्यक्ष केसीले यसरी निस्ठापूर्वक गरेको ब्यापार ब्यबसाय पनि कालान्तर सम्म सफलतम रुपमा राष्ट्रिय अर्थतन्त्रमा आफ्नो योगदान दिन सक्दछ भन्ने उदाहरण प्रस्तुत गरेकोले पनि उक्त प्रयासको सम्मानमा यो लेक्चर कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।

नेपालको भारतसँगको ब्यापार साझेदारीलाई गति दिन आवश्यक रहेको मनन गरि बिभिन्न ब्यबसायिक प्रतिष्ठानहरुमा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को मान्यता पनि उहाँले स्थापित गरेको अध्यक्ष केसीको दावी थियो । अध्यक्ष केसीले भने–‘यसको ज्वलन्त उदाहरणको रुपमा सूर्य नेपाल प्रा.लि., भोटेकोशी हाईड्रोपावर कम्पनी, सिप्रदी ट्रेडिङ प्रा.लि. लगायत अन्य थुपै कम्पनीहरु तथा बिभिन्न संस्थाहरु छन् ।’

स्वर्गीय राणा निक्कीका संस्थापक अध्यक्ष समेत हुन्। उनले निक्कीको मात्र स्थापना नगरी अरु धेरै व्यवसाय र सामाजिक संस्थाहरु होटल संघ नेपाल (हान), स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान), पाटा नेपाल च्याप्टर र नेपाल हेरिटेज सोसाइटीको समेत स्थापना गरेका थिए।

संघकी निवर्तमान अध्यक्ष सिर्जना राणाले स्व. राणा देशकै अग्रणी तथा दूरदर्शी व्यवसायी रहेको बताइन् । संघका निबर्तमान अध्यक्ष श्रीमती सिर्जना राणाले पनि स्वर्गीय राणा नेपालको अग्रणी तथा दूरदर्शी ब्यबसायी रहेको जसले नेपालको पर्यटनको बिकासको लागी आप्mनो ठूलो योगदान दिएको बारे चर्चा गरिन् ।

उनले भनिन्–‘पर्यटनको बिकास र प्रबद्र्धनको लागि सम्पूर्ण होटल तथा ट्राभल क्षेत्रको बिकासको लागि एकजुट बनाउँदै होटल एशोसिएशन नेपाल तथा पाटा नेपाल च्याप्टरको स्थापना गर्नुभयो । उहाँको सम्मानमा आज यो लेक्चर कार्यक्रमले थप उर्जा प्रदान गरेको महसुस गरेकी छु ।’

कार्यक्रमका प्रमुख बक्ता रहेको अन्तराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डा. कृष्णमुर्थि भेन्कटा सुब्रमन्यनले समाबेशी बिकास कथिन कार्य रहेको तर भारतले पछिल्लो समयमा समाबेशी रुपमा बिकास हासिल गरेको बताउंदै सहि र उच्चतम नैतिकताका साथमा समग्र आर्थिक बिकास गर्न सम्भव रहेको बताए । सुब्रमन्यनले समावेशी विकास कठिन कार्य रहेको, तर भारतले पछिल्लो समयमा समावेशी रूपमा विकास हासिल गरिरहेको बताए ।

नेपालका लागि भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले नेपाल र भारतबिचको व्यापार बढोत्तरीमा संघले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।

उनले भने–‘बिगत लामो समयदेखि अघि बढ्न नसकिरहेको नेपाल–भारत द्विपक्षीय वाणिज्य सचिव स्तरिय समितिको बैठक हालै सम्पन्न भएको छ भने नेपाल र भारतमा रहेका नागरिकहरुले आ–आफ्नो देशमा भुक्तानी पठाउन एसबिआई बैंक मार्फत युनोकार्ड र रुपे एम मार्फत सहज रुपमा भुक्तानी गर्ने ब्यबस्था हुनु जस्ता ब्यबस्थाले दुईदेशबीचको जन–जनबीचको सम्बन्ध सुदृढ बनेको छ ।'

आगामी दिनमा यो सम्बन्ध अझ सुदृढ हुँदै जाने बिश्वास ब्यक्त गरेका उनले संस्थापक अध्यक्ष राणाको सम्मानमा लेक्चर कार्यक्रमको शुरुवात सकारात्मक रहेको बताए ।

कार्यक्रममा स्व. राणाका छोरा सिद्धार्थ राणाले राजपरिवारसँग पारिवारिक निकटता भए पनि बुबाले आफूआबद्ध कुनै पनि व्यवसायमा कहिल्यै पनि आफ्नो सम्बन्ध, निकटता र विशेषाधिकारको दुरुपयोग गरेर गलत लाभ नलिएको बताए ।

नेपालमा अन्तराष्ट्रिय ब्राण्डहरुसँगको साझेदारी र उनीहरुसँगको ब्यबस्थापन सम्झौतालाई ब्यबहारिक बनाएर अघि बढ्न सक्यो भने ब्यबसायलाई स्थापित गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्न आफ्नो बुबा लागि परेको बताएका उनले भने–‘बुबा नै नेपालको पहिलो उद्यमी हुनुहुन्छ जसले अन्तराष्ट्रिय ब्राण्ड र साझेदारीलाई स्थापित गर्नुका साथै सफल बनाउनु ठूलो योगदान दिनुभयो । आज नेपाल–भारत उद्योग वाणिज्य संघले जुन लेक्चर कार्यक्रमको आयोजना गरेर बुवालाई सम्मान गरेको छ त्यसको लागी आभार ब्यक्त गदै आगामी दिनमा सहकार्य गर्न सकिन्छ ।’ सिद्धार्थ व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने व्यवसायीमा पर्छन् ।

कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशन गरेको बिजनेश क्लाईमेट सर्भे २०२४ नामक पुस्तकको पनि सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077