Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सरकारले हटाएको पत्र बुझेपछि अदालत जाने कुलमानको तयारी

सरकारले हटाएको पत्र बुझेपछि अदालत जाने कुलमानको तयारी

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने तयारी गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर कुलमानले मन्त्रिपरिषद्को निर्णयपत्र पाएलगत्तै अदालत जाने तयारी गरेका हुन् । असोजदेखि ऊर्जामन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो ।

पछिल्लोपटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नू भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077