Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बहिनी जिस्क्याएको भन्दै खुकुरी प्रहार गरी इमाडोलको ओचु हाइटमा आफ्नै साथीको हत्या

बहिनी जिस्क्याएको भन्दै खुकुरी प्रहार गरी इमाडोलको ओचु हाइटमा आफ्नै साथीको हत्या

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।

गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गर्दा हत्या भएको हो ।

प्रहरीको टोलीले राति मुचुल्का गरी बिहीबार बिहान करिब ४ बजेतिर शव पोष्टमर्टमका लागि पाटन अस्पताल पठाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यामा अहिलेसम्म दिपकको मात्रै संलग्नता देखिएको छ।

दुई जनाबीच पुरानो चिनजान पनि थियो। दिपककी अन्दाजी १५ वर्षकी बहिनी पनि छिन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले भने–‘बहिनीलाई जिस्क्याएको भन्ने कारण देखिन्छ। पहिले पनि जिस्क्याएको रहेछ। त्यतिबेला पनि सम्झाइबुझाइ गरेको भनेका रहेछन् ।

आफूलाई फेरि जिस्क्याएको भनेर बहिनीले सुमनलाई बुधबार सुनाएकी थिइन्। त्यसपछि उनले रिपकलाई राति नै मन्दिरमा बोलाएका थिए। चिनजानकै भएकाले रिपक पनि मन्दिरमा आएका थिए।

मन्दिरमा आएपछि उनीमाथि सुमनले खुकुरी प्रहार गरी हत्या गरेको एसएसपी अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077