काठमाडौं । समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा बसिरहेको छ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।
बैठकले आगामी रणनीति तयसमेत गर्ने बताइएको छ।
बैठकमा राजावादी शक्तिहरूले व्यवस्था विरोधी गतिविधि गर्न थालेपछि त्यसको प्रतिवादका लागि मोर्चामा आबद्ध दलहरूले चैत्र १५ गते गरेको प्रदर्शनको समेत समीक्षा हुने बताइएको छ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेसपा महेन्द्रराय यादवलगायत शीर्ष नेताहरू सहभागी भएका छन्।