काठमाडौं । नेकपा एमालेले काठमाडौंमा राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्याली निकालेको छ ।
एमालेको भातृसंस्था युवा संघको अगुवाइमा एमालेले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्याली आयोजना गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलले राजावादी प्रदर्शनका विरुद्ध देशभरि जागरणसभा र मोटरसाइकल र्याली आयोजना गरेको जानकारी दिए ।
महासचिव पोखरेलले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैन लगायत नारा सार्वजनिक गरेका थिए ।
यता एमालेको मोटरसाइकल र्यालीका कारण तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ
मोटरसाइकल र्यालीबाट सिनामंगल-कोटेश्वर चल्ने रिङरोड क्षेत्र र कोटेश्वर-बानेश्वर चल्ने सडक अस्तव्यस्त बनेको हो।