Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा ८ भोटले नेविसंघका जोशी विजयी

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा ८ भोटले नेविसंघका जोशी विजयी

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका दीपक राज जोशी विजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा उनले ७८९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।

जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतको झिनो अन्तरले पराजित गरे ।

भट्टले ७८१ मत प्राप्त गरे । क्रान्तिकारीका प्रवीण दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ र अर्का स्वतन्त्र उम्मेदवार पद्मा भुसालले १६६ मत पाए । यहाँ कुल ३ हजार ११८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077