काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चैत २३ गतेदेखि जनयात्रा सुरु गर्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले “जनताको कुरा सुन्ने यात्रा, जनयात्रा“को शुभारम्भ गर्ने निर्णय गरेको हो ।
मा उनले यस्तो निर्देशन दिएका हुन् । राष्ट्रिय भेलामा घोषणा गरेको “जनताको कुरा सुन्ने यात्रा, जनयात्रा''को शुभारम्भ यही २०८१ चैत्र २३ गते चितवनबाट गर्ने तय समेत गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्न निर्देश गरेका छन् ।
बैठकले महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्यहरू र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्य विवरण पार्टीमा पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।