Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने र सेना पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने र सेना पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

मंगलवार , चैत्र १८, २०८१

काठमाडौँ । सरकारले म्यानमारमा गत चैत १५ गते गएको भूकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमार सरकारमार्फत भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको विभिन्न निकायसँग रहेका मौज्दात सामग्री एवम् निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त हुने मेडिकल इक्युपमेन्ट, औषधि लगायतका राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्नेछ ।

नेपाल सरकारका विभिन्न निकायबाट सहयोग पठाउनका लागि अर्थ मन्त्रालयबाट तत्ततत् निकायमा सोबापत सोध भर्ना निकासा दिने निर्णय पनि भएको छ ।

उक्त सामान नेपालबाट हवाइजहाजमार्फत ढुवानी गर्दा लाग्ने रकम अर्थले वायुसेवा निगमलाई निकासा गर्ने निर्णय पनि भएको छ ।

यसैगरी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ जाने निर्णय भएको पनि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077