Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रसाईलाई भस्मासुरको संज्ञा दिँदै गोकुलले भने - सबैको टाउकोमा हात राख्न खोज्थ्यो, अहिले मन्दिरतिर नाच्दै छ

प्रसाईलाई भस्मासुरको संज्ञा दिँदै गोकुलले भने - सबैको टाउकोमा हात राख्न खोज्थ्यो, अहिले मन्दिरतिर नाच्दै छ

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले दुर्गा प्रसाईलाई भस्मासुरको संज्ञा दिएका छन‍् ।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रसाईलाई भस्मासुरको संज्ञा दिएका हुन् । भस्मासुरले जस्तै सबैको टाउकोमा हात राख्न खोज्ने प्रसाईं अहिले मन्दिरतिर नाच्दै गरेको उनले बताए।

'भस्मासुरले सबैको टाउकोमा हात राख्न खोज्दै थियो, अहिले मन्दिरतिर नाच्दै छ,' उनले भने, 'भगवान विष्णुसँगै ननाच्दासम्म यसको वितण्डा अझै चल्ने आशामा छन् प्रेतात्माहरू।'

यसअघि गत शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाई फरार अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077