Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बोहराको निधनमा तीन दिन शोक मनाउने राप्रपाको निर्णय

बोहराको निधनमा तीन दिन शोक मनाउने राप्रपाको निर्णय

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । राप्रपाले वरिष्ठ नेता दीपक बोहराको निधनले नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएको छ । मंगलबार बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले दुःख व्यक्त गर्दै यस्तो बताएको हो।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शोक बक्तव्य जारी गर्दै सांसदसमेत रहेका बोहराको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका हुन् ।

'बैठकले वरिष्ठ नेता बोहोराको निधनप्रति गहिरो दुस्ख व्यक्त गर्द भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको छ । राप्रपा निर्माणमा उहाँको योगदान सदैव स्मरण गरिनेछ। राप्रपा शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ,' शोक बक्तव्यमा उल्लेख छ ।

त्यस्तै बोहोराको निधनमा तीन दिन शोक मनाउने, तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077