Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने छ ।

यसैगरी, बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रमबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077