Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कुलमान र हितेन्द्रको रिटमा आज सुनुवाइ

कुलमान र हितेन्द्रको रिटमा आज सुनुवाइ

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

उक्त रिट निवेदनमा आज बुधबारका लागि सुनुवाइ हुने भएको हो ।

घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो तर सुनुवाइ हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077