Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

देशभरका शिक्षक काठमाडौंको सडकमा उत्रिए

देशभरका शिक्षक काठमाडौंको सडकमा उत्रिए

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । देशभरका शिक्षकले काठमाडौंमा सडक आन्दोलन थालेका छन् ।

चैत ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा रहेका शिक्षक बुधबारदेखि भने सडक आन्दोलनमा आएका हुन् ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै उनीहरूले ‘शिक्षकलाई ढाँट्न पाइँदैन’, ‘संसद् अधिवेशन चालु गर’, ‘शिक्षा ऐन जारी गर’जस्ता माग राखेका छन् । सडककेन्द्रित आन्दोलन अनिश्चितकालीन रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो ऐनको रूप दिनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077