Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवीन्द्र र धवलसहित पक्राउ परेका ४१ जनालाई थप ७ दिन थुनामा राख्न अनुमति

रवीन्द्र र धवलसहित पक्राउ परेका ४१ जनालाई थप ७ दिन थुनामा राख्न अनुमति

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ४१ जनालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई आपराधिक उपद्रव र संगठित अपराधमा बुधबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077