Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा

व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा

बिहिवार , चैत्र २०, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्ने सबै साम्रगीमा नयाँ आयात कर (ट्यारिफ) लगाउने योजना सार्वजनिक गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विश्वका सबै अमेरिकी व्यापारिक साझेदारहरूका लागि १० प्रतिशत न्यूनतम आयात शुल्क लगाउने घोषणा गरेका हुन् । यो व्यापार शुल्क अप्रिल ५ देखि लागु हुने बताइएको छ ।

यसबाहेक राष्ट्रपति ट्रम्पले अनुचित व्यापार नीति अपनाउने केही देशमाथि थप लगाइने आयात शुल्क दर पनि घोषणा गरेका छन् । यो आयात शुल्क उच्चतम ५० प्रतिशतसम्म हुने उनले बताएका छन् । जसलाई उनले पारस्परिक आयात शुल्क भनेका छन् ।

युरोपियन युनियन र चीनजस्ता देश यसमा परेका छन् । जसलाई ट्रम्पले व्यापार नीतिको सबैभन्दा खराब उल्लंघनकर्ता भनेर सूचीकृत गरेका छन् । उनीहरूका सामग्रीम अझै बढी दरमा कर लाग्नेछ ।

यस्तो पारस्परिक आयात शुल्क लाग्ने देशहरूको सूचीमा चीन, युरोपेली संघ, भियतनाम, जापान, भारत आदि छन् । यो दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापारमा आएको सबैभन्दा ठूलो परिवर्तन रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077